काठमाडौं, असोज २८ । नेकपा एमालेका दुईजना स्थायी कमिटी सदस्यसहित करिव एक दजृन नेताहरु भारत र गठबन्धनको योजनाअनुसार सुराकी गर्न पार्टीमा बसेको तथ्य उजागर भएको छ ।
आफ्नै पार्टीका अध्यक्ष सरकारको नेतृत्वमा रहँदा बिपक्षीलाई हस्ताक्षर गर्नुभएका एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालदेखि माओवादी त्यागेको नाटक गरेर एमाले रोज्नुभएका प्रभु साहसम्मका नेताहरु भारत र सत्ता गठबन्धनलाई एमालेको सूचना दिन र पार्टीमा बिरोधीको भूमिका देखाउने काममा रहेको तथ्य खुलेपछि अहिले बाहिरिएका हुन ।
पार्टीबिरुद्ध लगातार लागेको र चुनावमा गठबन्धनको सारथी बनेपछि एमालेले स्थायी कमिटी सदस्य भुसाल र प्रभु साहसहित चारजना केन्द्रीय सदस्य पार्टीबाट निष्कासनमा परेका छन् । पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थक बस्नेहरु स्वतः निष्कासित भएका हुन् ।
एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार केन्द्रीय कमिटी सदस्यहरुको हकमा केन्द्रीय कार्यालयबाटै उनीहरुको विवरण पार्टीको अभिलेखबाट हटाइनेछ भने अन्यको हकमा सम्बन्धित कमिटीबाट हटाइनेछ । एमाले केन्द्रीय कमिटीले चुनावमा बागी बन्ने र स्वतन्त्र उम्मेदवारी दिनेहरु त्यही क्षणबाट स्वत निश्काशित हुने निर्णय गरिसकेको छ ।
सो निर्णयअनुसार सुराकी नेताका रुपमा चिचिने स्थायी कमिटी सदस्य घनश्याम भुसाल, प्रभु साह र केन्द्रीय सदस्य कुन्दन कुशवाह र गंगा चौधरी स्वतः निश्काशनमा पर्नुभएको हो । उहाँहरुले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनुभएको छ । भुसालले रुपन्देही क्षेत्र नम्बर १ मा र साहले रौतहटमा ३ गठबन्धनको उम्मेदवार बन्नुभएको छ । त्यस्तै कुशवाह रौतहट ३ मा प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवार हुनुहुन्छ भने गंगा थारुले दाङ १ मा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।
त्यस्तै निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौं ७ मा बागी दिनुभएको छ । मानन्धर गत स्थानीइ निर्वाचनमा एमाले उम्मेदवार हराउन खुलेरै लाग्नुभएको थियो । उहाँहरुबाहेक अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले एमाले छाडेर माओवादीबाट दैलेखेका प्रदेश सभाको उम्मेदवारी दिनुभएको छ ।
पार्टीबाट पटक पटक अवसर पाएका र नेतृत्व तहमा रहेका यी सवै नेता एमालेमा रहँदा पनि नेतृत्वका आलोचना र बाँचुञ्जेल लाभको पदमा रहनु पर्ने मान्यताको वकालत गर्दै आउनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्