जनता टाइम्स

२८ आश्विन २०७९, शुक्रबार १५:१२

देउवालाई उपेन्द्रले दिए जस्ताको तस्तै काउन्टर : मधेश प्रदेशमा कांग्रेसका मन्त्रीहरु बर्खास्त


जनकपुर, असोज २८ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको छ । संघीय सरकारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका मन्त्रीहरु बर्खास्त गरेको भोलिपल्ट मुख्यमन्त्री राउतले आफ्नो सरकारमा रहेका कांग्रेसका मन्त्रीहरु बर्खास्त गर्नुभएको हो ।

जसपाबाट मुख्यमन्त्री बन्नुभएका राउतले कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामसरोज यादव,कांग्रेसबाट महिला, बालबालिका तथा खेलकूद विकास मन्त्री विरेन्द्र प्रसाद सिंह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मालाई बर्खास्त गर्नुभएको हो ।

बर्खास्त गर्नुअघि मुख्यमन्त्री राउत तीनै जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो । भौतिक पूर्वाधारमन्त्री यादवलाई मुख्यमन्त्री राउतले हिजो फोन गरेर राजीनामा दिन भनेपनि राजीनामा नआएपछि सवै मन्त्री बर्खास्तमा परेका हुन । उहाँहरु तीनै जना २०७८ जेष्ठ अन्तिम साता मन्त्री बन्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो जसपाका चार मन्त्रीलाई हटाएको बदला जसपाले मधेस प्रदेशमा लिएको हो ।