जनता टाइम्स

२८ आश्विन २०७९, शुक्रबार १६:०५

बाजुरामा सकियो नेकपा एस, एमालेमै फर्किए केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष


बाजुरा, असोज २८ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बाजुरामा सकिएको छ । पार्टीको मुल नतृत्व लगातार कम्युनिष्ट आन्दोलन र राष्ट्रियताको बिपक्षमा लागेको निश्कर्षसहित सो पार्टी निर्माणमा लाग्नुभएका चर्चित नेता गगन रावल आज एमालेमै फर्किनु भएपछि बाजुरामा नेकपा एस सकिएको हो ।

रावललाई आज एमाले नेता कर्ण थापाले पार्टीमा स्वागत गर्नुभयो । एमालेमै फर्कनु भएपछि रावलले आफू लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेको र पार्टी बिभाजनताका माधवको भ्रममा परेको बताउनु भयो ।

‘माधव नेपालको भ्रममा परेर त्यता लागियो, बिद्रोह भनियो तर यथार्थ त कम्युनिष्ट आन्दोलन सकाएर कांग्रेसको सेवा गर्नु र बिदेसीको आदेशपालक बन्ने पो रहेछ,’ प्रवेशपछि रावलले भन्नुभयो । रावल नेकपा एसका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँले आज आफूसहित सो पार्टीमा लागेका सवैलाई एमालेमा समाहित गराउनु भएको छ ।