विराटनगर, असोज २८ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोर«ङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार लालबाबु पण्डितले मंसिर ४ पछि नेकपा एमालेको सरकार मुलुकका लागि आवश्यक रहेको बताउनु भएको छ ।
पेशागत महासंघ नेपाल मोरङ र बुद्धिजीवी परिषद मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको भविष्य, समाजको उत्थान तथा विकास, समृद्धि र सुशासनको लागि नेकपा एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनु भएको हो ।
एमाले नेतृत्वको सरकार हुँदा गरेका कामहरुको चर्चा गर्दै पण्डितले विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा स्त्तरोन्नती गर्ने कार्य आरम्भ गरेपनि गठबन्धन सरकारले त्यसलाई रोकेको भन्दै आलोचना गर्नुभयो । उहाँले भन्नुभयो ‘अबको चुनावपछि एमाले नेतृत्वको सरकार बन्छ, विमानस्थल स्त्तरोन्नती हुन्छ, स्थानीयले मुआब्जा पाउँछन् ।’
विराटनगरको सभागृहको स्त्तरोन्नतीका लागि बजेट छुट्याउँदा पनि काम नभएको भन्दै उहाँले पच्चिस सय क्षमताको सभाहल बनाइ छाडने प्रतिबद्धता व्यक्त गर्नुभयो । मोरङ क्षेत्र नं. ६ मा पनि उल्लेखनीय बजेट ल्याउन सकेको उल्लेख गर्दै पण्डितले बुढीखोला नियन्त्रण, खनार नेताचौक मुलनहरको सडकमा कालोपत्रे लगायतका काम र विकास निमार्णका अधुरा कामहरु पूरा गरिने बताउनु भयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार विनोद ढकालले जनताले रुचाएको पार्टी भनेकै नेकपा एमाले रहेको बताउनु भयो । मोरङ क्षेत्र नं. ४ जनताको जीवनस्तर उकास्न रोजगारी, कृषि, शिक्षा, स्वास्थ्यका क्षेत्रमा उल्लेख्य बजेट ल्याउन आवश्यक रहेको बताउनु भयो ।
यस क्षेत्रका जनताले धेरै नेतालाई जिताए पनि जनताको भावना सम्बोधन गर्न नसकेकाले जनताको आशा र विश्वास नेकपा एमाले प्रति रहेको उहाँले बताउनु भयो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश ४ ‘ख’ का उम्मेद्वार जीवन घिमिरेले सरकारमा एमालेको नेतृत्वहुदाँभए गरेका कामलाई जनतासामु बुझाउँने काम बुद्धिजीवीहरुको रहेको बताउनु भयो । कामै नगरी जनतामा भ्रम छर्ने दुष्प्रयास विपक्षीहरुबाट हुनसक्ने भन्दै उहाँले बौद्धिक क्षेत्रले त्यसलाई चिर्नपर्ने बताउनु भयो ।
प्रदेश ६ ‘ख’ का उम्मेद्वार पर्शुराम बस्नेतले क्षेत्रका जनताको अपेक्षाअनुसार नै आफु उम्मेद्वार बनेको र जनताको अपेक्षामा कहिल्यै चोट पुग्न नदिने बताउनु भयो । ६ ‘क’ की उम्मेद्वार रीता न्यौपानेले आफुले जिते युवा तथा महिला सशक्तिकरण, रोजगारीलाई विशेष प्राथमिकतामा राखेर अघिबढ्ने बताउनुभयो ।
यसैगरी ४ ‘क’ का उम्मेद्वार जयप्रकाश चौधरीले कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी नै यस क्षेत्रको आवश्यकता रहेको भन्दै त्यसलाई प्राथमिकता दिइने बताउँनुभयो ।













प्रतिक्रिया दिनुहोस्