जनता टाइम्स

२९ आश्विन २०७९, शनिबार १७:३०

चिनियाँ कम्युनिष्ट पार्टीको २०‍औं महाधिवेशन भोलिदेखि, यस्ता छन मुख्य एजेण्डा


बेइजिङ, असोज २९ । चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी०को २०‍औं महाधिवेशन भोलि आइतबारदेखि सुरु हुँदैछ। बेइजिङ समयअनुसार महाधिवेशन आइतबार बिहान १० बजेदेखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा हुने तय भएको छ।

प्रवक्ता स्वन एलीले शनिबार पत्रकार सम्मेलनमा महाधिवेशनबारे जानकारी दिनुभएको हो । महाधिवेशनमा सीपीसी, केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनमाथि लेखाजोखा गरेर पार्टीका महत्त्वपूर्ण विषयहरुबारे छलफल र निर्णय गर्ने मुख्य एजेण्डा रहेको छ।

अन्य एजेण्डामा कम्युनिस्ट पार्टीको नयाँ केन्द्रीय समिति निर्माण गर्ने, नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने, १९औं सीपीसी केन्द्रीय समितिको प्रतिवेदन पेस गर्ने, सीपीसीको विधान संशोधन लगायतका विषय छन्। महाधिवेशन अक्टोबर २२ सम्म सञ्चालन हुने छ।

(CPC Congress)CHINA-BEIJING-CPC NATIONAL CONGRESS-PRESS CONFERENCE (CN)

महाधिवेशनमा २२९६ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता स्वन एलीले बताउनु भयो । यिनै प्रतिनिधिले चीनका ९ करोड ६० लाख पार्टी सदस्यहरूको प्रतिनिधित्व गर्दछन्। महाधिवेशनमा समाचार संकलनका लागि स्वदेसी तथा बिदेसी गरी झण्डै २५०० पत्रकार सहभागी हुने बताइएको छ ।