काठमाडौं, असोज ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवको चुनावमा बाकस साटेर जित्ने योजना बनाएको तथ्य एउटा भिडियोले उजागर गरेको छ ।
चितवनमा बाकस साटन संभव नभएकोले बाकस साटनकै लागि गार्खा २ मा जानुभएको आरोपबीच प्रचण्डको आन्तरिक प्रशिक्षणमा आएको अभिब्यक्तिले आगामी चुनावको झल्को दिएको छ ।
प्रचण्डले केही समयअघि वाइसिएलको प्रशिक्षणमा यस्तो प्रशिक्षण दिनुभएको थियो । त्यो भिडियो अहिले भाइरल बनेको छ । आन्तिरिक प्रशिक्षणमा प्रचण्डले भन्नुभएको छ, ‘अवको चुनाव ६४ को जस्तो बनाउनै पर्छ हामीले । जालझेल गर्ने, बाकस साटने, अनि न चुनाव जितिदो रैछ । हामीले त्यो बेला कति गरेका थियौं ? तपाईहरुले कति गर्नुभएको थियो सम्झनोस त २०६४ मा । त्यो बेला हामीले कति गरेको थियौं ।’
सुन्नोस यो भिडियो
लौ छविलाल नोएडावालाको अग्रगामी कुरो सुनौँ! pic.twitter.com/Hugyp42WPB
— Apil Gurung (@apligrg) October 15, 2022













प्रतिक्रिया दिनुहोस्