काठमाडौं, असोज ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चनावी घोषणापत्रलाई अन्तिम रुप दिने गृहकार्यमा जुटनु भएको छ । घोषणा पत्रलाई अन्तिम रुप दिन केही दिनदेखि अध्यक्ष ओली सुझाव अध्ययनदेखि सचिवालयमा रहेका नेताहरुसँग परामर्श गरिरहनु भएको छ ।
यही क्रममा अध्यक्ष ओली निवास बालकोटमा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहितका नेताहरु छलफलमा जुठनु भएको छ । बिहानदेखि नै छलफलमा जुटेका नेताहरुले घोषणा पत्रमा उल्लेख गर्ने विषयवश्तुहरुलाई अन्तिम रुप दिइरहेको एक नेताले जानकारी दिनुभयो ।

हिजो ललितपुरको लाँकुरी भञ्ज्याङमा रहेको एक होटलमा नै छलफल गरेर घोषणा पत्र टुंग्याउने भने पनि नसकिएकोले आज विहानै देखि नेताहरु छलफलमा जुट्नु भएको हो । आज साँझसम्ममा घोषणा पत्रलाई अन्तिम रुप दिएर भोली वा पर्सी सम्ममा सार्वजनिक गर्ने तयारी एमालेको छ ।













प्रतिक्रिया दिनुहोस्