भक्तपुर, असोज ३१ । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका नेता महेश बस्नेतले निर्वाचन पछि सिंहदरवारको नेतृत्व भक्तपुरले गर्ने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा बस्नेतले विगतको पाँच बर्ष भक्तपुरको उपस्थिति सिंहदरवार रहेता पनि अब सिंहदरवारको नेतृत्व भक्तपुरले गर्ने बताउनु भएको हो । बस्नेतको भनाई एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित रहेको छ ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले स्वयं दुर्लभ थापालाई हराएर देखाउन गरेको आग्रहलाई स्मरण गर्दै आफूले नेपाली कांग्रेसका तर्फबाट भक्तपुर क्षेत्र नं २ को प्रतिनिधि सभाका उम्मेदवार्र थापालाई तेब्बर मतान्तरले पराजित गर्ने ठोकुवा गर्नुभयो ।
उहाँले गठबन्धनको सरकार भ्रष्टाचारमा लिप्त रहेको र गठबन्धनको प्रधानमन्त्री शेरबहादुर देउवा केपी ओलीका अघि सामाजिक सञ्जालमा चलेका भेलूबाजे देखिएको टिप्पणी गर्नुभयो ।
उहाँले केपी ओेलीको प्रधानमन्त्रीत्वकालमा देशमा अभूतपूर्व विकास भएको तथा भक्तपुरमा समेत विकासको लहर आएको फेहरिस्त नै जीतको आधार भएको चर्चा गर्नुभयो ।
बस्नेतले भक्तपुरमा आएको विकासको लहरलाई कांग्रेसले रोक्न खोजेको उल्लेख गर्दै गठबन्धन सरकार बनेपछि भक्तपुरको विकासमा अवरोध गरेको फेहरिस्त पनि राख्नुभयो । उहाँले भक्तपुरका विभित्र अस्पताल र कलेजहरूमा कांग्रेसले आफ्ना आसपासेलाई नियुक्त गर्दै कमिशनको खेलमा डुबेको पनि बताउनु भयो ।
भक्तपुरको विकासको आँधीवेहरीलाई कांग्रेसले रोकेको बताउँदै आफूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानीको विकासका लागि ल्याएको योजना र बजेटको फेहरिस्त सुनाउँदै ती बजेट र योजनालाई गठबन्धन सरकारले कटौती गरी विकासमा बाधा पुर्याउने काम गरेको उहाँले बताउनु भयो ।
भक्तपुर क्षेत्र नं २ मा कांग्रेसले, नेमकिपाले जीत हासिल गरेर संसदको यात्रा तय गरेको अवधिमा भएको विकास भन्दा आफ्नो एक कार्यकालमा भएको विकासको मूल्यांकन गर्न समेत चुनौति दिनुभयो ।
सांसद कोषबाट प्राप्त क्षेत्र नं. २ को १६ करोड बजेट कांग्रेसले आफ्ना आसेपासेको लागि खर्च गरेको बताउँदै आफूले भने यस क्षेत्रको भौतिक विकासमा खर्च गरेको बताउनु भयो । उहाँले कांग्रेसलाई उक्त बजेटको खर्च दिन समेत चुनौति दिए भने आफूले गरेको खर्चको बारे सम्मपूर्ण तथ्यांक दिन सक्ने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्