जनता टाइम्स

३१ आश्विन २०७९, सोमबार १३:४९

लेखराज भट्टको प्रश्न : लेखराजको राजधानी भन्ने मुख्यमन्त्री अहिले के हेरेर बस्याछन ?


कैलाली, असोज ३१ । नेकपा एमालेका सचिव एवं कैलाली ४ का प्रतिनिधी सभाका उम्मेदवार लेखराज भट्टले गोदावरीमा प्रदेशको राजधानी बनाउँदा लेखराजको राजधानी हो भन्ने मुख्यमन्त्री अहिले हेरेर बस्या का छन भनेर प्रश्न गर्नुभएको छ ।

एमालेले कैलाली ४ मा निर्वाचन परिचालन समितिको सचिबालय स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले यस्तो प्रश्न गर्नुभएको हो ।

सबै भुगोल क्षेत्रको लागि पायक पर्ने ठाउँ भएर गोदावरीलाई राजधानी बनाएका हौं तर त्यो बेला लेखराजको राजधानी भन्ने मुख्यमन्त्रीलाई काम गर्न कसले रोकेको छ, अहिले त उँहाहरु कै गठबन्धनको सरकार छ त । यो राजधानी कुनै लेखराजको निम्ती, अत्तरियाको निम्ती होइन् । यो सुदूरपश्चिमको उपयुक्त भूगोलको आधारमा तोकिएको हो,’ भट्टले भन्नुभयो ।

सचिव भट्टले राजधानी हिजो डोटी लैजाने भन्नेहरुले अहिले ६ महिनामा म बनाउन्छु भन्दै हिडनेहरु छन् यो विश्वास गर्ने कुरा हो भनेर प्रश्न पनि गर्नुभयो । ‘आज हाम्रो प्रतिप्रक्षि उम्मेदवारले राजधानी डोटी लग्ने भनेको कुरा सबैले बुझेका छन, देखेका छन, सुनेका छन’ उहााले भन्नुभयो, ‘वहाँ त अहिलेको प्रविधिमा देखिनु भएको छ । पहिलेको जस्तो मेरो स्वर होइन भन्न मिलेन् । अहिले भिडियोमा मान्छेको अनुहार सहित आवाज आएको छ ।’

भट्टले अब प्रदेशको राजधानी गोदावरी मै बन्ने बताउनु भयो । उहाँले मंसिर ४ को निर्बाचनमा एमालेले जसरी पनि जित्नु पर्ने धारणा राख्नुभयो । राष्ट्र र राष्ट्रियता जोगाउन पनि चुनाव एमालेले जित्नु पर्ने र त्यसपछि एमालेको सरकार बन्नु पर्छ भन्ने उहाँको भनाई थियो । यस्तै भट्टले गेटामा विश्वबिधालय नै बन्ने बताउनु भयो ।

‘एमाले सरकारको पालामा नै गेटालाई विश्वबिधालय बनाएर उदघाटन गर्ने कुरो थियो । हाम्रो सरकार पार्टी भित्रको आन्तरिक कारणले ढल्यो त्यसपछि गेटा विश्वबिधालयको काम गठबन्धनको सरकारले अगाडी बढाउन दिएन, बरु डडेल्धुरामा मेडिकल कलेज खोल्ने कुरा गर्यो,’ भट्टको भनाई थियो ।