जनता टाइम्स

३१ आश्विन २०७९, सोमबार १८:०९

नेपालमा थपिए ४६ कोरोना संक्रमित


काठमाडौं, ३१ असोज । नेपालमा पछिल्लो २४ घन्टामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ८७ नमूना परीक्षण ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १७ जना कोरोना मुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय ११ जना रहेको छ । आज २३ हजार नौ सय ७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।