जनता टाइम्स

१ कार्तिक २०७९, मंगलवार ०८:०२

गायिका बुनु उप्रेतीमाथि घरमै गएर छिमेकी महिला समूहद्वारा निर्घात कुटपिट (भिडियोसहित)


ललितपुर, कात्तिक १ । ललितपुरको लुभुमा गायिका बुनु उप्रेतीमाथि छिमेकी महिलाहरु मिलेर निर्घात कुटपिट गरेका छन् । उनीहरुले लछारपछार गर्दै कुटपिट गरेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ।

भिडियोमा उप्रेतीबाहेक एक किशोरीमाथि पनि लछारपछार भइरहेको देखिन्छ। समूहको आक्रमणमा पिटाई खाने ती किशोरी उप्रेतीकी छोरी हुन । आफ्नै घरमा बसिरहेको अवस्थामा शनिबार छिमेकी आएर आफूमाथि कुटपिट भएको उप्रेतीले प्रहरी समक्ष बताउनु भएको छ ।

प्रहरीका अनुसार कुटपिट उप्रेतीमाथि भएपनि प्रहरीमा निवेदन भने आक्रमण गर्ने छिमेकी महिलाहरुको समूहले दिएका थिए । सातदोबाटो प्रहरी वृत्त प्रमुख मदन केसीले भिडियोमा पिटाई खाएको देखिएपनि उप्रेती निवेदन दिन नआएको बताउनु भयो ।