जनता टाइम्स

१७ श्रावण २०७६, शुक्रबार १५:१२

शुभद्राको तीज गित ‘यो तीजैमा नाचौ न छमछमी’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं, साउन १७

वैदेशिक रोजगारीको क्रममा एक दशकभन्दा बढी प्रवासी जीवन विताउँदै हाल युरोपको अष्ट्रियामा रहेहु भएकी शुभद्रा थापा भण्डारीको “यो तीजैमा” नामक तीज गित सार्वजनिक भएको छ । भण्डारीको शब्द सिर्जना रहेको उक्त गितमा सुमधुर स्वरकी धनी गायिका विना भट्टराईको आवाज, मोडल सुप्रिया कटवालको दमदार प्रस्तुती तथा संगितकार मिन गुरूङको संगित रहेको छ ।

प्रवासमा रहेका आम नेपाली महिलाहरूको भावना समेटिएको उक्त गितको म्यूजिक भिडियोबाट “तीज” पर्व मा आफ्नो देश, साथीसंगी, माईतीघर र आमाको यादमा तड्पिदै प्रवाशमै रहेर पनि आफ्नो कला, संस्कार र संस्कृतीको जगेर्ना तथा नेपालीपनको सम्मान गरेको महशुस गर्न सकिन्छ । समन अधिकारीको निर्देशन तथा विकाश धमलाको सम्पादन रहेको उक्त भिडियो ओएसआर डिजिटलको युट्यूव च्यानलद्वारा प्रशारित भएको छ ।