जनता टाइम्स

१ कार्तिक २०७९, मंगलवार १९:४३

सर्वसाधारणसँग चुनाव लक्षित सुझाव लिन प्रत्यक्ष टेलिफोन संवाद गर्दै ओली, यस्तो छ कार्यसूची


काठमाडौं, कात्तिक १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग कार्तिक ४ गते प्रत्यक्ष टेलिफोन संवाद गर्ने हुनुभएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्व सन्ध्यामा ओलीले सर्वसाधारणको सुझाव सुन्नका लागि आफैले प्रत्यक्ष टेलिफोन संवाद गर्न लाग्नुभएको हो । ४ कार्तिकमा देशभरिका जुनसुकै नागरिकले पनि ओलीलाई फोन गरेर प्रत्यक्ष सुझाव दिन सक्ने उहाँको सचिवालयले जनाएको छ । सचिवालयले संवादका लागि आफ्नो नाम र नम्बर पठाउन पनि भनिएको छ ।

टेलिफोन सम्वाद गर्न चाहने व्यक्तिले आफ्नो नम्बर र नाम ओलीको फेसबुक पेजको ईनबक्समा म्यासेज गरी पठाउनुपर्ने सचिवालयको भनाई छ । सर्वसाधारण नागरिकले नम्बर पठाएपछि ओलीले आफै फोन गरेर कुराकानी गर्ने जानकारी फेसबुक मार्फत दिनुभएको छ ।

‘कात्तिक ४ गते म तपाईंको सम्पर्कमा हुनेछ, आउनुस, कुरा गरौं,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले भन्नुभएको छ । कुराकानीका लागि ४ गते अपराह्नको समय छुट्याइएको छ ।