जनता टाइम्स

१ कार्तिक २०७९, मंगलवार २०:११

सय पुग्न लागेका बा भन्नुहुन्छ : बिनोद ढकालको चिना राम्रो छ, यसपटक चुनाव जित्छ


विराटनगर, कात्तिक १ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ–४ का प्रतिनिधिसभा सदस्य विनोद ढकालका मामा तिर्थ काफ्ले भोजपुरमा राम्रो चिना बनाउनु हुन्थ्यो ।

काफ्लेसंग चिना बनाउन धेरै मानिसहरुको घुइँचो लाग्थ्यो । उहाँले बनाएको चिना हेरेर धेरै मानिसले आफ्नो भविष्य पनि निर्धारण गरे । हाम्रो समाजमा चिना प्रतिको विश्वास त छ, तर त्यसलाई पत्याइ हाल्दैनन् । मोरङ क्षेत्र नं. ४ मा उम्मेदवार विनोद ढकालका सय वर्ष पुग्न लागेका बुबा विष्णुप्रसाद ढकाल त्यसप्रति विश्वास गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘धेरै कुरा विश्वास गर्नुपर्छ ।’

२०२४ सालमा जन्मिनु भएका ढकालको चिना पनि राम्रोमा पर्छ । उहाँका बुबा भन्नुहुन्छ, ‘मेरो कान्छोको चिना राम्रो छ । यस पटक चुनाव जित्छ । चिनामा सबैको भलो चिताउँने राजयोग छ । त्यसैले पनि यसपटक उसका लागि शुभ छ ।’ ४० वर्ष शैक्षिक अभियानमा जुटेका ढकालले भोजपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लामा विद्यालय खोल्ने काममा लाग्नुभयो ।

मेरो छोरो कसैको कुभलो चिताउँदैन, जसको पनि काम गरिदिन्छ । त्यसैले पनि उसले यस पटक जित्छ ।’

४० वर्षसम्म दर्जन भन्दाबढी विद्यालय उहाँले खोल्नुभयो । चार दशकको शैक्षिक अभियानबाट उहाँले धेरै मानिसलाई समाज रुपान्तरणमा जोडनु भयो पनि । २००७ सालको क्रान्तिमा उहाँ परिवर्तनको पक्षमा उभिनुभयो । र उहाँले प्राप्त गरेको राजनीतिक चेतनालाई कान्छा छोराले पछ्याई रहे । बा विष्णुप्रसाद भन्नुहुन्छ, ‘मेरो छोरो कसैको कुभलो चिताउँदैन, जसको पनि काम गरिदिन्छ । त्यसैले पनि उसले यस पटक जित्छ ।’