काठमाडौं, २ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले झापाको धुलाबारीमा पुग्नुभएको छ । नेकपा एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओली पुग्नुभएको हो ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि आज संयुक्त भेला आयोजना गरिएको छ । अध्यक्ष ओलीको हिजो स्वास्थ्यमा केही समस्या देखिएपछि कार्यक्रममा जाने नजाने विषयमा टुंगो लागेको थिएन तर आज विहान कम भएपछि उहाँ कार्यक्रममा सहभागी हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्