जनता टाइम्स

३ कार्तिक २०७९, बिहीबार १०:०३

दशौं राष्ट्रिय खेलकुद सुर्खेतमा गर्ने निर्णय


पोखरा, ३ कात्तिक । राष्ट्रिय खेलकुद परिषदको ११५ औं बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीको सुर्खेतमा गर्ने सर्वसम्मत निर्णय गरेको छ । राष्ट्रिय खेलकुद दुई–दुई वर्ष हुने गर्दछ । दशौं खेलकुद २०८१ सालमा सुर्खेतमा हुने भएको हो ।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन आज (३ कात्तिक) मा हुँदैछ। समापनमा कर्णाली प्रदेशलाई दशौं राष्ट्रिय खेलकुदका लागि झण्डा हस्तान्तरण गरिने बताइएको छ।