काठमाडौं, ३ कात्तिक । नेकपा (एस) का अध्यक्ष माधव नेपालले आचारसंहिता उल्लंघन गरी निर्वाचन कसूर गरेको भन्दै निर्वाचन आयोगले कारवाही प्रकृया अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।
निर्वाचन कसूर तथा सजाय ऐनको दफा ३९ बमोजिम आयोगले यस्तो निर्देशन दिएको हो । सो ऐनको अनुच्छेद –९ को दफा ३९ मा ‘मुद्दाको अनुसन्धान र दायरी’ को व्यवस्था छ । ऐनको उपदफा को १ मा ‘दफा ४१ को उपदफा (३) मा उल्लिखित कसूरको अनुसन्धान आयोगले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अधिकारीले गर्नेछ’ भन्ने उल्लेख छ । यही बमोजिम आयोगले प्रहरीलाई पत्राचार गरेको हो ।
ऐनमा उम्मेदवारले मतदातालाई लोभलालच देखाउन नहुने व्यवस्था गरिएको छ । यसलाई उल्लंघन गर्दै नेता नेपालले आइतबार रौतहटका मतदाता माझ ‘फ्रि भिषा, फ्रि टिकट’ मा वैदेशिक रोजगारीमा पठाउने भन्दै लोभ्याएका थिए ।














प्रतिक्रिया दिनुहोस्