जनता टाइम्स

१७ श्रावण २०७६, शुक्रबार १९:०४

सनम शाक्य हत्या र सुनकाण्डमा जवर्जस्ती फसाइएका एसएसपी लोहनीसहित चार प्रहरी अधिकृतले पाए न्याय


काठमाडौं, साउन १७ । सनम शाक्य हत्या प्रकरण र साढे ३३ किलो सुन तस्करीमा जवर्जस्ती फसाइएका चार प्रहरी अधिकारीले सफाइ पाएका छन । सर्वोच्च अदालदतले चारै जना प्रहरी अधिकृतको हकमा उच्च अदालतको आदेश सदर गरेपछि फसाइएका चारै प्रहरी अधिकृतले सफाइ पाएका हुन ।

सर्वोच्च अदालतले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी, प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रजित केसी र प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेलको हकमा उच्च अदालतको आदेश सदर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुस्मालता माथेमाको संयुक्त इजलासले उनीहरुको हकमा उच्च अदालत विराटनगरकै फैसलालाई सदर गरेको हो । यसअघि नै उनीहरुलाई उच्च अदालतले विराटनगरले साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

उनीहरु सबै प्रहरी सेवाको नियमीत काममा फर्किसकेका छन् । सर्वोच्चको आदेशपछि उनीहरु निर्दोष सावित भएका छन । सुन तस्करीको खोजीमा प्रहरी महानिरीक्षकलाई जानकारी गराएर अनुसन्धानका लागि टोली पठाउने एसएसपी लोहनी र फिल्डमा जाने डिएसपी केसी र सई सञ्जेललाई प्रहरीभित्रकै राजनीतिकका कारण जवर्जस्ती फसाइएको थियो । जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्च अदालत आइपुगेको मुद्दामा दुई साता लामो बहसपछि सर्वोच्चले आफ्नो फैसला सुनाएको हो । सर्वाेच्चको फैसलापछि काम गर्ने प्रहरी अधिकारीहरुले न्याय पाएका छन ।