जनता टाइम्स

४ कार्तिक २०७९, शुक्रबार १०:४५

केहीबेरमा एमाले अध्यक्ष अ‍ोलीले आदिवासी जनजातिसँग संवाद गर्नुहुँदै


काठमाडौं, ४ कात्तिक । नेपाल लोकतान्त्रिक जनजाति महासंघको संयोजनमा आज नेकपा एमाले अध्यक्ष ओलीले अन्तरसम्वाद गर्नुहुने भएको छ । अध्यक्ष ओलीले आजै सर्वसाधारणसँग टेलिफोन अन्तरक्रिया गर्ने समय पनि छुट्ट्याउनु भएको छ ।

विभिन्न जिल्ला र जातीय घटक संगठनहरुलाई पनि ओलीसँग आदिवासी जनजातिका समस्याबारे छलफल गर्न काठमाडौं निम्त्याइएको महासंघले जनाएको छ । ओलीसँग संवादका लागि महासंघले आज मध्यान्ह १२ बजे जनजाति समुदायलाई राष्ट्रियसभा गृहमा बोलाएको छ ।