जनता टाइम्स

४ कार्तिक २०७९, शुक्रबार १४:४८

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


उदयपुर, ४ कात्तिक । उदयपुरको त्रियुगा नगरपालिका–१५ दहरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ बर्षिय बिकाश राई रहनुभएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते हुनुभएको राईको उपचारको क्रममा आज बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो ।

प्रदेश २ –०१–००१ त १०३३ नम्बरको ट्याक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।