जनता टाइम्स

४ कार्तिक २०७९, शुक्रबार १८:०६

कांग्रेसका महामन्त्री शर्मासँग आयोगले सोध्यो स्पष्टीकरण


झापा, ४ कात्तिक । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग स्पष्टीकरण सोधेको छ । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्मालाई आयोगले आज स्पष्टीकरण सोधेको हो । महामन्त्रीलाई आचारसंहिता उल्लंघनमा कारबाही नगर्नुको कारण २४ घण्टाभित्र निर्वाचन आयोग वा आफू उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा पेस गर्न भनेको आयोग स्रोतले जनाएको छ ।

स्रोतका अनुसार शर्माले आगलागीपीडित केबल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ निरौला हस्तान्तरण गर्दै गरेको फोटो सामाजिक सञ्जालमा देखिएपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।