जनता टाइम्स

४ कार्तिक २०७९, शुक्रबार १८:१६

कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना


काठमाडौं, ४ कात्तिक । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ । आज चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो । उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिनुभयो ।

उहाँले यसलाई सामान्य दुर्घटना भन्नुभएको छ । ‘सामन्य दुर्घटनाः कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना । हामी सबै सुरक्षित छौं,’ गुरुङले ट्विटमा भन्नुभएको छ । एक वर्षअघि पनि गुरुङ सवार गाडी सामान्य दुर्घटनामा परेको थियो ।