जनता टाइम्स

६ कार्तिक २०७९, आईतवार १७:३०

ट्रकको ठक्करबाट जगदम्बा स्टिलमा कार्यरत मजदुरको मृत्यु


बारा, ६ कात्तिक । बाराको सिमरास्थित जगदम्बा स्टिलमा कार्यरत एक मजदुरको सवारी दुर्घटनामा मृत्यु भएको छ । गएराति जगदम्बा स्टिलमा कार्यरत करैयामाई गाउँपालिका–५ का ४० वर्षीय रामसुरच चौधरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई बिरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको थियो । अस्पताल पुर्याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

जगदम्बा स्टिलभित्र प्रवेश गर्न सडक छेउमा राखिएको प्रदेश २ ०३१६ नम्बरको लहरी ट्रकले सर्भिस लेनमा मजदुरलाई ठक्कर दिएको थियो ।