जनता टाइम्स

१८ श्रावण २०७६, शनिबार १३:१८

प्रवासीका नाममा मार्मिक कविता : फर्कन सक्छौ भने फर्क है आफ्नै देश


शोभा काफ्ले खतिवडा

आफ्नो देशको मायाँ लाग्छ यदि भने
यहिँ कर्म युवाले पोख्ने गर !
समस्याबाट डराएर तिमी त्यो पराइ देश कहिल्यै भाग्ने नगर !!

यहाँ बसेर श्रम गर्दै आफ्नो परिवार पाल्ने मानिसहरुलाई हेर !
देशको मायाँलाई छाती भरि टाँस्ने ,
तिनको कठीन श्रमलाई बुझ्!

सहज कता थियो होला र तिनलाई
यो कठीन समय पार गर्नलाई !
सङ्घर्षमा कसरी आफ्नो काँध जोतेर ,
हरेकको जीवन सफल पार्नलाई !!

तर बहादुरहरुदेखि हरेक समय पनि थुरथुर बनेर डराउँदछ रे !
विजय र सफलताहरु त झोला बोकी
समय खुरु खुरु आफैँ आउँछ रे !!

अनकुल र सहजता छैन भने तिमी
जहाँ बसे पनि जन्म भूमि सम्झ !
नेपालीको पिडा ब्यथालाई सकेको मद्दत मनले हरपल तिमी गर !!

यसै गरि अव यस देशको पाखा र
भित्ताहरु पमि सजाउनलाई !
ब्यवस्था र कानुन यस देशको पनि
साँच्चै सुन्दर र सुदृढ पार्नलाई !!

जलको धनि तिम्रो यो देश वौद्दिक
कर्मठ र हरेक युवा खोज्छ !
सुन र हिरा गर्भको खजाना आएर
झिक धराले सबैलाई भन्छ !!

संसारमा छरिएर बसेका अनि सहजता
र सम्भव भए जति युवा !
ज्ञान र विवेक, विकास पनि बोकी
फर्क तिमी आफ्नै देशमा !!

देश यो तिम्रो पनि बनाउनु र सिस्टम
यसको बसाल्नु छ अव !
यसैले जन्म देश फर्क पोख बिवेक पसिना,श्रम र ज्ञान जव तव !!

जगमग हिमालमा पुगि ज्ञानको
दीपक सबैले बाल्नु पर्छ !
सिमानाको रक्षा गर्न उर्वर तराई
तिमी हामी झर्नु नै पर्छ !!
१०
सारा हामी एक जुट बन्दा पक्कै
हाम्रो प्यारो देश बन्छ!
देश बने घामको देश पूर्णिमाको
प्रिय चन्द्र झैँ हुँन्छ !!
११
देशमा जन्म्यौ देशमै हुर्कियौ ज्ञान र श्रम पनि देशमै पोख् !
तिमीले सिकेको ज्ञान र विवेक देखेको विकास यो देशमा प्रयोग गर !!
१२
सत्तासिन पनि युवाकालागि देशको छुलो लगानी अर्पण गर !
अग्रजलाई सम्मान र देशलाई मायाँ गर्ने सुन्दर संस्कारको अव सूरुवात गर !!