जनता टाइम्स

६ कार्तिक २०७९, आईतवार १९:४४

गठबन्धनलाई जिताए नियुक्तिहरु खान पाइन्छ : प्रधानमन्त्री


धनगढी, कात्तिक ६ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन दलका उम्मेदवारलाई जिताए नियुक्तिहरु खान पाउने आश्वासन दिनुभएको छ ।

सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार धनगढीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिनुभएको हो ।

गठबन्धन सरकारले जिते नियुक्तिमा सुदूरपश्चिमकै वर्चश्व रहने आवश्वासन समेत उहाँले नेता–कार्यकर्तालाई दिनुभयो । मंसिर ४ को चुनावले देशको भविष्य तय गर्ने भन्दै प्रधानमन्त्री देउवाले गठबन्धनले जिते मात्रै देशको भविष्य राम्रो हुने दाबी गर्नुभयो ।

गठबन्धन गरिएकै कारण धेरै टिकट पाउन नसेकेको भन्दै उहाँले टिकट नपाएकाहरुलाई नियुक्ति दिने बताउनु भयो । देउवाले भन्नुभयो – ’गठबन्धन भएकै कारण धेरैले टिकट पाएका छैनन, अन्याय भएको छ, हामीले जित्यौं सुदूरपश्चिममा सफलता प्राप्त गर्यौं भने अवसरका लागि धेरै ठाउँ प्राप्त हुन्छन्, राष्ट्रिय-अन्तराष्ट्रिय ठाउँमा अवसरदेखि नियुक्तिहरु पाइन्छ, त्यसैले गठबन्धनलाई जिताऔं ।’