जनता टाइम्स

७ कार्तिक २०७९, सोमबार १५:५१

मैयादेवी श्रेष्ठको निधनले ओली दुःखी


काठमाडौं, कात्तिक ७ । नेकपा एमाले अध्यक्ष केपी ओलीले पूर्वसांसद तथा नेपाली कांग्रेसकी नेतृ मैयादेवी श्रेष्ठको निधनबाट आफू दुःखी भएको बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन र समाजसेवाको क्षेत्रमा श्रेष्ठले पुर्याएको योगदानलाई सम्झिरहने उहाँको भनाइ छ ।

चितवन घर भएकी श्रेष्ठको ९५ वर्षको उमेरमा आइतबार निधन भएको थियो । उहाँ लामो समयसम्म अस्वस्थ हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनकालमा झन्डै एक अर्ब बराबरको सम्पत्ति दान गरिसकेको कांग्रेस चितवनका नेता कार्यकर्ता बताउँछन् ।