काठमाडौ, ८ कात्तिक । सिन्धुपाल्चोकको मेलम्चीमा आगलागी हुँदा ३ वटा पसलमा क्षति भएको छ । हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल तथा होटल रहेको घरमा गएराति आगो लागेको हो ।
आगो स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा पाँचखाल नगरपालिकाको दमकलको सहयोगमा निभाइएको छ । पाँचखाल नगरपालिकाको दमकल आएपछि आगो पूर्ण रुपमा निभेको र क्षतिबारेको थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिँह भण्डारीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्