मोरङ, कात्तिक ८ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार भानुभक्त ढकाललाई जिताउने अठोटसहित माओवादीका चर्चित नेता एमाले प्रवेश गरेका छन । ढकालले चुनावी अभियानलाई तीव्र बनाउने क्रममै माओवादी नेता एमालेमा प्रवेश गर्नुभएको हो ।
सोमबार मोरङ पथरीशनिश्चरेका पूर्व वडा अध्यक्ष एवं माओवादी केन्द्रका नेता गोविन्दबहादुर भण्डारी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा माओवादीले सो क्षेत्रबाट प्रदेश र संघ दुवैमा उम्मेदवारी पाएको छैन् ।
स्थानीय स्तरमा लोकप्रिय भण्डारीको प्रवेशले माओवादीलाई ठुलो धक्का लागेको छ । भण्डारीसँगै भगवत पासवान, गोपाल ठटाल, कमल आचार्य, दिपक लोहार लगायतका माओवादी नेता पनि एमालेमा प्रवेश गर्नुभएको छ ।
ढकाल अहिले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रमहरुमा तीव्र रुपमा आफ्ना गतिविधिलाई अगाडि बढाउनु भएको छ । त्यस क्षेत्रका गठबन्धनका उम्मेदवारले उपचारको वहानामा भोट बार्गेनिङ गर्दै आफ्नो प्रचार गर्दै आएको अवस्थामा ढकालले भने त्यस क्षेत्रको विकास र समृद्धिको नारालाई अघि बढाउनु भएको हो ।
अघिल्लो पटक आफू निर्वाचित भएपछि गरेका कामहरुको फेहरिस्त लिएर उहाँ जनताको दैलोमा पुगिरहनु भएको छ । ख














प्रतिक्रिया दिनुहोस्