गुल्मी, कात्तिक ८ । गुल्मी क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार निर्वाचन आचारसंहितालाई चुनौति दिन थालेका छन् । सहकारीहरुमा औपचारिक कार्यक्रममा जवरजस्ती कार्यक्रमहरुमा प्रवेश गरेर भोट माग्न र संजालमा पैसाका मुठा राखेर मतदाता प्रभावित पार्ने षडयन्त्र भइरहेको छ ।
केही दिन अघि गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्री र प्रदेश क का उम्मेदवार भुवनप्रसाद श्रेष्ठ घरदैलोमा हुनुहुन्थ्यो । सोही क्रममा रेसुंगा नगरपालिका ४ को स्वाबलम्बन कृषक बचत तथा क्रृण सहकारी संस्थाको साधारण सभा भएको उहाँहरुलाई पत्तो थियो । सहकारीका थुप्रै शेयर सदस्य भएको कार्यक्रममा गठबन्धनकी उम्मेद्वार रामकुमारी झाँक्रीसहितका उम्मेदवार जवरजस्त पुगे । धेरैले कार्यक्रम स्थलमै झाँक्री र श्रेष्ठ प्रवेशको आलोचना गरे । तर, आयोजकसंग उम्मेदवारको सेटिङको कारण रामकुमारीले भोट मागेपछि सर्वत्र बिरोध भयो ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले औपचारिक कार्यक्रमहरुमा गएर मत माग्न पाइदैन् । तर, जवरजस्ती कार्यक्रममा गएर भोट माग्ने झाँक्री र श्रेष्ठबिरुद्ध एमालेले निर्वाचन कार्यालय र आयोगमा उजुरी गर्दैछन् । सामाजिक संजालमा झाँक्रीसहितका गठबन्धनका उम्मेदवारको हर्कत बिरुद्ध सामाजिक संजालमा बिरोध भएपछि सहकारीले बिज्ञप्ती सार्वजनिक गरेको छ ।
सहकारीका अध्यक्ष कृष्णप्रसाद पन्थीसहितका पदाधिकारी र व्यावस्थापक लेखनाथ पन्थी सहितले सार्वजनिक गरेको बिज्ञप्तीमा शेयर सदस्यहरुसंग परिचय गर्ने भनेर एक्कासी बिना अनुमति प्रवेश गरेको
उल्लेख छ । बिज्ञप्ती मार्फत पनि गठबन्धनको जवरजस्त प्रवृतिको पर्दाफास भएको छ ।
त्यो मात्रै नभएर गठबन्धनकै उम्मेदवार रामकुमारी झाँक्रीका पुर्व अघोषित स्वकीय तथा समाजबादी प्रेस संगठनका लुम्बिनी प्रदेश संयोजक शिबलाल सुवेदीले समाजिक संजालमा खुलेआमा पैसाका मुठा प्रर्दशन गरेर मतदाता प्रभावित पार्ने काम गर्दा पनि आयोग निरिह देखिएको भन्दै एमालेले बिरोध जनाईरहेको छ ।













प्रतिक्रिया दिनुहोस्