चितवन, कार्तिक ८ । निर्वाचन नजिकिएसँगै विभित्र पार्टीबाट एमाले प्रवेश गर्ने क्रम जारी छ ।
चितवनमा माधव नेपाल नेतृत्वको नेकपाएस निकट मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष चक्र रूचालसहितका २५ जनाभन्दा बढी नेता–कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ ।
एमाले जिल्ला पार्टी कार्यलय भरतपुरमा अायाेजित एक कार्यक्रममा रूचालसहितका समाजवादीका नेता कार्यकर्तालाई एमालेस्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य यमबहादुर परियार, सांसद कृष्णभक्तपाेखरेल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्याैपानेसहितका नेताहरूले स्वागत गर्नुभयो।
नेता रूचालले एमालेले लिएको नीति ठिकभएको भन्दै माधव नेपालको समाजवादी भन्ने दल कांग्रेसको सहयोगी संगठन मात्रै भएको बताउनु भयो।

सो पार्टीबाट नेपालकोकम्युनिष्ट आन्दोलनलाई क्षतिमात्रै पुगेको भन्दै सबैलाई आफनो मूल घरमा फर्किन अपिल गर्नुभयो। “जस्तो भएपनि आफ्नो घर भनेकोअाफ्नै हुन्छ, यसमै आनन्द छ, हिजो आन्दोलनमा लागेको र परिचित साथीभाइ यहीँ छन् सबै यहीँ अटाउन सकिन्छ” नेता रूचालले भने, “अब माधव नेपालहरूको भुलभुलैयामा लाग्न हुन्न ।“













प्रतिक्रिया दिनुहोस्