जनता टाइम्स

१० कार्तिक २०७९, बिहीबार ०६:४८

सुदूरपश्चिममा एमालेका तीन नेता पार्टीबाट निश्कासित


धनगढी, १० कार्तिक । नेकपा एमालेले सुदूरपश्चिमका तीन जिल्लाका तीन नेतालाई कारबाही गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार तीन नेतालाई कारबाही गरेको हो ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डये (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीबाट निश्कासित गरिएको हो । उहाँहरूलाई पार्टीको विधानको धारा ८१ (१) बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको एमालेले जनाएको छ ।

उहाँहरूले आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ । एमाले सुदूरपश्चिमले पार्टी विधानको धारा ८० (६) बमोजिमको गम्भीर अनुशासन उल्लंघन गरेको भन्दै उहाँहरूमाथि कारबाही गरिएको जनाएको छ ।