महोत्तरी, कात्तिक १० । महोत्तरीको भंगहा नगरपालिका ८ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । हिन्दुसम्राटले निकालेको शोभायात्रा मुस्लिम बस्ती नजिक पुगेपछि झडप भएको हो ।
दुई समुदायबीचको झडपले तनावग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन् । प्रहरीले लाठीचार्ज पनि गरेको छ ।
स्थानीयका अनुसार झडपका क्रममा केहि स्थानीय घाइते भएका छन् भने स्थानीयको ढुंगामुढाबाट केही प्रहरी पनि घाइते भएका छन् । स्थानीयका अनुसार हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको थियो । यात्रा मुस्लिम बस्तीमा पुगेपछि घरको छतबाट ढुंगामुढा गरियो । त्यसपछि झडप सुरु भएको हो ।













प्रतिक्रिया दिनुहोस्