जनता टाइम्स

११ कार्तिक २०७९, शुक्रबार १२:४५

दिल्लीको एम्स अस्पतालमा भयो चमत्कार ! ७ महिनादेखि बेहोस महिलाले छोरी जन्माइन्


एजेन्सी, ११ कात्तिक । उत्तर प्रदेशको बुलन्दशहरकी यी २३ वर्षीया महिलाको कथा कुनै चमत्कारभन्दा कम छैन । सडक दुर्घटनाका कारण उनी ७ महिना अचेत अवस्थामा अस्पतालमा छिन् । जीवन र मृत्युसँग लड्दै आएकी यी महिलाले गत हप्ता दिल्लीको एम्समा स्वस्थ बच्चालाई जन्म दिएकी छन् ।

सडक दुर्घटनामा परी महिलाको अवस्था चिन्ताजनक छ । उनको टाउकोमा धेरै चोट लागेको थियो । उनले विभिन्न शल्यक्रिया पनि गर्नुपरेको थियो । महिलाले हेलमेट लगाएको भए अवस्था यति गम्भीर नहुने चिकित्सकले बताएका छन् ।

कसरी भयो यस्तो दुर्घटना ?
३१ मार्चमा ती महिला आफ्ना श्रीमानसँग मोटरसाइकलमा कतै गइरहेको चिकित्सकले बताएका छन् । यो अवधिमा उनले हेलमेट लगाएका थिइनन् । त्यसपछि उनी यात्राकै क्रममा दुर्घटनामा परिन् । हेलमेट नलगाउँदा उनको टाउकोमा धेरै चोट लागेको थियो ।

उनको दिल्लीको एम्समा उपचार भइरहेको छ । दुर्घटनापछि उनी अचेत अवस्थामा छिन् । बच्चा जन्माएपछि उनले आँखा खोलिन् तर जवाफ दिइनन् ।

हेलमेट लगाउने सल्लाह
दिल्ली एम्सको न्यूरोसर्जरी विभागका प्राध्यापक डा दीपक गुप्ताले दुई पाङ्ग्रे सवारी साधनमा यात्रा गर्दा हेलमेट अनिवार्य लगाउनु पर्ने सल्लाह दिए ।
उनले यस्तो अवस्थामा महिलाले हेल्मेट लगाएको भए अवस्था अर्कै हुन सक्ने बताए ।

महिलाका श्रीमान् पेसाले निजी सवारीका चालक हुन् । श्रीमतीको दुर्घटना भएदेखि उनी निरन्तर उनको सेवा गर्दै आएका छन् । यति मात्र होइन, उनले जागिर पनि छाडेका छन् ।