वासिङटन डिसी, कात्तिक १२ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीका श्रीमान् पाउल पेलोसीमाथि आक्रमण भएको छ। सान फ्रान्सिस्कोस्थित आफ्नै निवासमा पसेर आक्रमणकारीले उहाँमाथि हथौडाले ‘आक्रमण’ गरेको हुन्।
यो आक्रमणपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको छ। उउहाँको शल्यक्रिया गरिएको छ । यस आक्रमणमा ८२ वर्षीय पाउल पेलोसीको टाउको फुटेको र दाहिने हातमा गम्भीर चोट लागेको छ। पल पेलोसीका प्रवक्ता ड्र्यू ह्यामिलका अनुसार आक्रमण शुक्रबार बिहान भएको हो।
४२ वर्षीय आक्रमणकारीले जबरजस्ती पेलोसीको घरमा पसेपछि आफ्नी श्रीमती न्यान्सी पेलोसीसँग भेटाइदिन माग गरोको बताइएको छ । हत्या प्रयासको आरोपमा अभियुक्त पक्राउ परेका छन् । तर, आक्रमणको कारण भने खुल्न सकेको छैन ।
आक्रमण हुँदा पल पेलोसीकी पत्नी न्यान्सी पेलोसी राजधानी वासिङ्टन डिसीमा हुनुहुन्थ्यो । घटनाको जानकारी पाएलगत्तै उहाँ त्यहाँबाट अस्पताल पुग्नुभएको थियो । प्रवक्ता ह्यामिलका अनुसार पल पेलोसीको आक्रमणपछि जुकरबर्ग सान फ्रान्सिस्को जनरल अस्पतालमा शल्यक्रिया गरिएको बीबीसीले जनाएको छ।
सान फ्रान्सिस्कोका प्रहरी प्रमुख विलियम स्कटले शुक्रबार बिहान २ः२७ मा गरिएको फोन कलमा अधिकारीहरूलाई सो घटनाबारे जानकारी गराइएको बताउनु भयो। प्रहरीका अनुसार डेभिड डेपेपले पल पेलोसीलाई हथौडाले आक्रमण गरेका थिए । अभियुक्त घरको पछाडिको ढोकाबाट पसेका थिए ।
विलियम स्कटले आरोपीलाई घातक हतियार, चोरी र अन्य धेरै अपराधहरूको साथ आक्रमणको आरोप लगाइएको छ। अहिले आरोपी डेपेप पनि अस्पतालमा भर्ना भएका छन ।













प्रतिक्रिया दिनुहोस्