जनता टाइम्स

१२ कार्तिक २०७९, शनिबार १४:०४

एमालेमै फर्किए नेकपा एस कास्कीका सचिव


कास्की, कात्तिक १२ । नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली नेकपा एमालेमै फर्किनु भएको छ । उहाँलाई शनिबार एमालेमा स्वागत गरिएको हो ।

नेकपा एमाले उत्पीडित जातीय मुक्ती समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नम्बर २ को भेलामा उहाँलाई स्वागत गरिएको हो ।एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा, एमालेको कास्की २(क) बाट गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार भीम कार्की, जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री लगायतले नेपालीलाई स्वागत गर्नुभयो ।

विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । पुरानै घर फर्किएका नेपालीले देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले बाहेक अर्को कुनै नभएको बताउनु भयो ।