काठमाडौं, कात्तिक १२ । नेपाली सेनाका एक जना अवकाशप्राप्त जर्नेल राजधानीबाट पक्राउ परेका छन । तिहार सकिएको पर्सिपल्ट आज जुवाको खालबाट अवकाश प्राप्त जर्नेल समातिएका हुन ।
प्रहरी स्रोतका अनुसार ललितपुरको धापाखेलस्थित आफ्नै घरमा जुवा खेल्दै गर्दा पूर्वजर्नेल होमकुमार लावती पक्राउ परेका हुन । लावतीको घरमा यसरी नै आधा दर्जन नातेदार र साथीभाइ जम्मा भएर जुवा खेल्दाखेल्दै छिमेकीले खवर दिएपछि प्रहरीले छापा मारेर तास, कौडा, नगदसहित सबैलाई समातेको स्रोतले जनाएको छ ।
लावती अवकाशअघि सेनाको मुद्दा मामिला हेर्ने कानुन विभाग (प्राड विवाक) का प्रमुख हुनुहुन्थ्यो । ललितपुर प्रहरीले लावतीको घरबाट छ जना समातिएको बताएको छ ।













प्रतिक्रिया दिनुहोस्