जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार १३:३०

टिक टक र युट्युव दुबैतिर भाइरल हुँदै तीज गीत “के छ ओए पान पाते ठुली”


काठमाडौं, साउन १९

यतिबेला नेपाली नारीको महान चाड हरितालिका तीजका गीतहरु बाजामा आउने क्रम जारि छ, यसै क्रममा नेपाली तीज गीतमा एउटा मिठो सहकार्यमा अत्यन्त राम्रो गीत के छ ओए पान पाटे ठुली नामको गीत सार्बजनिक भएको छ ।

गीतमा नवराजका शब्दलाई निकै न्याय हुने लय सर्जक खेम पुनले गरेका छन् । गीतमा रिना केसी र रबिन लामिछानेको आवाज सुन्न सकिन्छ । गीतको म्यूजिक भिडियोको पक्ष पनि निकै दमदार रहेको छ । गीतमा प्रकाश सपुतका भाइ देवेन्द्र बब्लुले निर्देशको कुशल भूमिका निभाएका छन् भने प्रकाश सपुत, जुना सुन्दास, निक्स शर्मा र जुना गुरुङको अभिनय रहेको छ ।

नेपाली लोकदोहोरीको इतिहासमा आजसम्मकै धेरै दर्शक बनाउन सफल नवराज पन्तको कलम निकै तिखो छ भन्ने कुरा पन्तका लोकप्रिय सिर्जनाबाटै सबैलाई प्रष्ट हुन्छ । आफ्नो लेखन कलाको फेरि नयाँ प्रमाण पेश गरेका छन् नयाँ तीज गीत पानपाते ठूलीबाट ।

भिडियो हेर्नुहोस :