जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार १३:३९

डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता


मनिला, साउन १९

फिलिपिन्सको मध्येक्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ । इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुङ्गा पल्टिएको जनाइएको छ ।

आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो । आँधी, छाल र बर्षाका कारण यस क्षेत्रको मौसम खराब भएको छ भने यात्रुहरुले पनि दुःख पाएका छन् ।