जनता टाइम्स

१४ कार्तिक २०७९, सोमबार १६:११

उर्लाबारीमा चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा ५ जना किशोर पक्राउ


मोरङ, १४ कात्तिक । मोरङको उर्लाबारीमा छठ मेलामा चक्कु प्रहार गरी किशोरको हत्या गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । गएराति साढे १० बजेतिर झापाको दमक नगरपालिका १० आमबाडीका १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो ।

मोरङ उर्लाबारी नगरपालिका ७ स्थित मौवा खोलामा छठ मेलामा छुरा प्रहार गरी घाइते बनाएका थिए । श्रेष्ठको झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो । सोही घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमध्ये तीन जना १७ वर्षका र २ जना १६ वर्षका छन् ।