जनता टाइम्स

१५ कार्तिक २०७९, मंगलवार ०६:२९

पश्चिमी वायुको प्रभावले कहाँ-कहाँ हुनसक्छ वर्षा ?


काठमाडौं, कात्तिक १५ । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने आकलन गरिएको छ । राति प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली बदलीको सम्भावना रहेको छ ।