बागलुङ, कात्तिक १५ । सोमबार अपरान्ह बागलुङ बजारमा प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमालाले सञ्चालन गर्ने टेलिभिजन शो कार्यक्रम मंसिर ४ महासंग्राममा आगामी चुनावका मुख्य प्रतिस्पर्धीहरुबीच लाइभ डिवेट हुने कुराले माहोल तातेको थियो ।
विशेष गरी प्रतिनिधिसभाका उमेदवारहरु गठबन्धनका तर्फबाट चित्रबहादुर केसी र एमालेका डा.सूर्य पाठकबीचको डिवेट हेर्न, सुन्न र प्रश्न गर्न जम्मा भएका स्थानीयहरु केसीले मैदान छोडेपछि भने आक्रोशित बनेका थिए । साँझ ७ बजेदेखि प्रदेशसभाका उमेदवार र ८ बजेदेखि प्रतिनिधिसभाका उमेदवारहरुसंग सम्वाद गरिने जानकारी गराइएको थियो ।
प्रदेशसभामा एमालेका उमेदवार हिरा बहादुर केसी र गठबन्धनका उमेदवार दिपेन्द्र थापासंग कुराकानी भएको थियो । दुईजनासंग कुराकानीका क्रममा धमलाले ८ बजेदेखि चित्रबहादुर केसी र सूर्य पाठकका बीचमा डिवेट हुने भन्दै सूचना जारी गरीरहेका थिए ।प्रदेशसभाका उमेदवारको डिवेट सकिएपछि भने धमला चिन्तित देखिए, पटक पटक उहाँका सहयोगीले चित्र बहादुर केसी र उनका मान्छेहरुलाई फोन गरिरहेका देखिन्थे ।
कार्यक्रम शुरु गर्दै धमलाले उफ्री उफ्री केही बेरमा चित्र बहादुर केसी आउदै हुनुहुन्छ भनेर सहभागीलाई आश्वस्त पारेका थिए । एमालेका उमेदवार डा.सूर्य पाठकले केसीजी र म बीच डिवेट गराउने भनेको हुनाले केसी नआए आफु पनि कार्यक्रममा सहभागी नहुने बताएका थिए । तर दर्शकहरुले मैदान छोड्ने केसी नआए पनि सहभागी हुन पाठकलाई सल्लाह दिए । केसीले मैदान छोडे भनेर तपाईले पनि छोड्नु भयो भने केसी र तपाईमा के फरक भयो र ? सहभागीले डा. पाठकलाई प्रश्न गरेका थिए ।
केसी केही समयपछि आउने भन्दै धमलाले एमाले उम्मेदवार पाठक र स्वतन्त्र उमेदवार चन्द्र बहादुर क्षेत्रीसंग कुराकानी शुरु गरे । सहभागीहरुले चित्र बहादुर आउदैछन् भनेर धमलाले जनता ढाटेको भन्दै आक्रोश व्यक्त गरेपछि धमलाले मैले बोलाएको हो, आउछु भन्नु भएको हो, तर नआएपछि मैले के गरु भन्दै निरिहता प्रकट गरे । केसी नआएपछि एमाले उमेदवार पाठक र स्वतन्त्र उमेदवार क्षत्रीसंग कुराकानी भएको थियो ।
गठबन्धनबाट प्रदेशसभामा उमेदवार रहेका दिपेन्द्र थापाले जनताको प्रश्नको जवाफ दिने तर चित्र बहादुर नआउने कुरा गलत भएको कार्यक्रममा सहभागी एक कांग्रेस कार्यकर्ताले बताए । जे जस्तो भए पनि जनतासंगको सम्वादमा आउनु पर्थ्यो, उनले भने सम्वादबाट भाग्नु भनेको जनताप्रति विश्वास नभएको रुपमा हेर्न सकिन्छ ।
बागलुङ बजारको लोकतान्त्रिक चोकमा भएको कार्यक्रममा उपस्थित नभएका केसी युवासंग सम्वाद गर्न डराएको सहभागीहरुले गुनासो गरेका थिए । जनताले प्रश्न गर्ने प्रत्यक्ष संवादमा उपस्थित नभएका केसीले उक्त कार्यक्रम सकिएको केही समयमै स्थानीय होटल समिटमा भने धमलासंग अन्तवार्ता दिएका थिए । जनता सहभागी कार्यक्रममा मैदान छोडेका केसीले होटलको कोठामा बसेर भने प्रतिगमनको राग अलापी रहेका थिए ।
पछिल्लो समय केसीलाई एमसीसी, एसपीपी, नागरिकता विधेक लगायतको जनताका सरोकारका विषयमा नबोल्न गठबन्धनबाट तिब्र दवाव छ, केसीले यि विषयको विरोध गर्दा भोट घट्ने डर गठबन्धनलाई छ । केसीले यतिबेला बोल्ने भनेको एमालेले प्रतिगमन गर्यो भन्ने बाहेक केही रहदैन, जनताका सरोकारका विषयमा बोल्न नपाइने भएपछि केसी नआएको एक सहभागीले बताए ।
केसीको दोहोरो चरित्रका बारेमा पछिल्लो समय जनता चिन्तित छन्, उनी एमसीसीको विरोध गर्छन, एसपीपीको विरोध गर्छन, नागरिकता विधेयकको विरोध गर्छन यि सबै विषयको नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन, उनकै नेतृत्वलाई स्थापित गर्न मरिमेट्छन् । केसी संघीयताको विरोध गर्छन र तर त्यही संघीयतालाई उपयोग गरेर नेतालाई सुविधा दिन्छन्, स्थानीयले गुनासो गरेका छन् ।
३÷३ पटक सांसद भएका, उपप्रधानमन्त्री समेत भइसकेका केसीले बागलुङको विकास निर्माणमा खेलेको भूमिका सुन्य छ, जनताले १५ वर्ष सांसद र ९ महिना उपप्रधानमन्त्री भएर के गर्नु भयो ? भन्ने प्रश्न गर्दा उहाँले दिने जवाफ नभएका कारण प्रत्यक्ष सम्वादमा उपस्थित हुन नसकेको आरोप एक सहभागीले लगाए ।
एमाले र राजमोबीचको तालमेलबाट केसी २०५१ सालमा नेपाली कांग्रेसका मिन बहादुर केसीसंग पराजित भएका थिए । २०५६ र २०६४ मा बागलुङ क्षेत्र नं. २ बाट निर्वाचित केसी २०७० मा समानुपातिकबाट सांसद बनी केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री सहित सहकारी तथा गरिवी निवारण मन्त्री भएका थिए ।












प्रतिक्रिया दिनुहोस्