जनता टाइम्स

१५ कार्तिक २०७९, मंगलवार १४:३९

एमालेले ल्यायो २० हजार शब्दको घोषणापत्र, हात स्क्यान गरेर अध्यक्ष ओलीले गर्नुभयो सार्वजनिक


काठमाडौं, १५ कात्तिक । आसन्न मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्नुभएको हो । उहाँले हात स्क्यान’ गरेर घोषणापत्र सार्वजनिक गर्नुभयो ।

एमालेले घोषणापत्र सार्वजनिक गर्दा प्रविधिमा जोड दिएको छ । डिजिटल अनावरणसँगै सूर्य चिन्हमा किन मतदान गर्ने किन नगर्ने भन्ने प्रश्नको जवाफसहित एमाले सरकारका उपलब्धिको श्रव्यदृष्य सार्वजनिक गरिएको छ ।

घोषाणापत्रमा २० हजार शब्द रहेको एमालेले जनाएको छ ।