जनता टाइम्स

१५ कार्तिक २०७९, मंगलवार १६:१०

एमालेको घोषणा : अनलाइनबाटै नागरिकता, लाइसेन्स र राष्ट्रिय परिचयपत्र


काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) आज सार्वजनिब गरेको घोषणा पत्रमा लेखेको छ ‘नेपालभित्रको जनसुकै भौगोलिक क्षेत्रमा बसोवास गर्ने नेपालीलाई राज्यले उपलब्ध गराउने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीसाधन दर्ता र सवारीचालक अनमुतिपत्र, घरजग्गा लगायतका सम्पत्तिको खरिद बिक्री कर, विद्युत, खानेपानीलगायतका सरकारी शुल्क तथा कर बझुाउने र स्वास्थ्य तथा कृषि प्राविधिक लगायतका सेवाहरू अनलाईन प्रणालीबाट उपलब्ध गराइने छ ।’

यस्तै एमालेले प्रदेश तथा स्थानीय तहलाई राज्यले प्रवाह गर्ने सेवा सविुधाहरू घर दैलोमा नै पु¥याउन वित्तीय, प्रशासनिक तथा सङ्गठनात्मक रूपमा सक्षम बनाइने घोषणा गरेको छ ।