काठमाडौं, कात्तिक १५ । नेकपा एमालेले महिनावारी हुने उमेर समूहका सबै महिलाका लागि स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आज सार्वजनिक गर्नुभएको चुनावी घोषणापत्रमा एमालेले सबै महिलाका लागि स्यानिटरी प्याड वा वैकल्पिक साधन खरिदका लागि वार्षिक उक्त रकम उपलब्ध गराउने घोषणा गरेको हो ।
घोषणापत्रमा भनिएको छ, ‘महिनावारी हुने उमेर समूहका देशभित्रका सम्पूर्ण महिलाका लागि स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदको लागि वार्षिकरु १ हजार ५ सय उपलब्ध गराउने ।’
त्यस्तै एमालेले काठमाडौं उपत्यकामा ३सय शय्या र सातै प्रदेशमा ५० शय्याको सरुवा अस्पताल निर्माण गर्ने घोषणा गरेको छ ।













प्रतिक्रिया दिनुहोस्