जनता टाइम्स

१६ कार्तिक २०७९, बुधबार ०६:३८

बागमती-गण्डकी र प्रदेश १ मा वर्षाको संभावना


काठमाडौं, कात्तिक १६ । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।

बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।