काठमाडौँ, १६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार किरण पौडेललाई जिताउन आह्वान गर्नुभएको छ । निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आह्वान गर्नुभएको हो । काठमाडौं–१ मा एमालेबाट किरण पौडेल उम्मेदवार हुनुहुन्छ ।
उहाँले किरणलाई नजिकैबाट हेर्न र धब्बा देखियो भने त्यसको जिम्मा आफूले लिने समेत बताउनुभयो । ‘किरणलाई नजिकैबाट हेर साथि हो, दाग धब्बा देखियो भने हामी जिम्मा लिन्छौं। दाग धब्बा देखिँदैन्, भ्रष्ट होइन, गर्दैन्,’ उहाँले भन्नुभयो , ‘त्यो प्रतिवद्धताका साथ देश बनाउने काममा लागेको देशभक्ति, स्वार्थका लागि विदेशीको अगाडि घुँडा टेक्ने होइन्, लेखाइमा दम नभएको अक्षरमात्र थुपार्ने मान्छे होइन। शत्रुका लागि वाण र देश र जनताका लागि प्राण बनाउन सक्ने मान्छे हो।’
उहाँले किरणको प्रशंसा गर्दै २० घन्टा काम गर्दा नथाक्ने, युवा तर अनुभवि, युवा तर गन्तव्य बुझेको भन्दै प्रशंसा गर्नुभएको थियो । उहाँले अहिले गरिएका प्रतिवद्धताको हिसाब किताब खोज्नसक्ने बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्