काठमाडौं, १६ कात्तिक । निर्वाचन आयोगले प्रधानमन्त्री, मन्त्रीसहित सार्वजनिक पद धारण गरेकाले आयोगलाई जानकारी दिएर सरकारी स्रोतसाधन प्रयोग नगरी चुनाव प्रचारप्रसारमा जान पाइने जनाएको छ । आयोगको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई जानकारी दिएर सरकारी स्रोतसाधनको प्रयोग नगरी प्रधानमन्त्री, मन्त्री तथा प्रदेश मन्त्रीहरु चुनावी प्रचारप्रसारमा जान पाइने जानकारी दिनुभएको हो ।
निर्वाचन आचारसंहिता पालना गरेर चुनावी प्रचारप्रसारमा लाग्न राजनीतिक दल र तिनका नेताहरुलाई उहाँले आग्रह गर्नुभयो । हालसम्म ७१ जना व्यक्ति र संस्थालाई आचारसंहिता उल्लंघन गरेका विषयमा स्पष्टीकरण सोधेको जानकारी दिएका प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघनका विषयमा निगरानी गर्न स्थानीय प्रशासनलाई पनि परिचालन गरिएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्