जनता टाइम्स

१७ कार्तिक २०७९, बिहीबार १२:०४

पशुपति दर्शन गर्न आएका भारतीय चढेको बस नवलपरासीमा दुर्घटना, चालकसहित २२ जना घाइते


काठमाडौं, १७ कात्तिक । नवलपरासी बर्दाघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका–९ स्थित जयश्रीपुल नजिकै आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएका छन् ।

भारतको गुजरातबाट पशुपति दर्शनको लागी काठमाण्डौ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो । घाइतेहरूलाई उपचारको लागी भरतपुर चितवन तर्फ पठाईएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।