जनता टाइम्स

१७ कार्तिक २०७९, बिहीबार १४:५३

सन्तोष र राजकुमारको संयुक्त घरदैलो अभियान


मोरङ, कात्तिक १७ । मोरङ निर्वाचन क्षेत्र नं. ५ बाट तालमेल गरी उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा) का उमेदवारहरु सँगसँगै मतदाताको घरदैलोमा पुगी भोट माग्दै छन् । सो क्रममा उनीहरूले मतदाताबाट आर्शीवाद लिँदै चुनावी अभियानलाई तिव्रता दिएका छन् ।

घरदैलो अभियानको क्रममा मोरङ क्षेत्र नं. ५ प्रतिनिधिसभा पस्तावित सदस्य जसपा नेपालको राजकुमार यादव र (एमाले) को क्षेत्र ५(क) प्रस्तावित प्रदेशसभा सदस्य संतोषकुमार साह संयुक्तरुपमा चुनावी घरदैलो अभियानमा खटिनु भएको हो । उहाँहरूले रंगेली नगरपालिका वडा ४, ५, ६ र ७ घरदैलोमा पुगेर मतदाताहरुसँग आफूहरुलाई मतदात गरी विजय गराउन आग्रह गर्नुभएको छ ।

यसअघि जितेर गएका जनप्रतिनिधिहरुले यस क्षेत्रको विकास र उन्नती गर्न नचाहेर पछाडि पारिएको क्षेत्र हो । यस क्षेत्रमा कृष उत्पादन, पर्यटन, शिक्षा, रोजगारलगायत अनेकांै सम्भावनाहरु रहेका छन् ।

त्यसलाई सदुपयोग गर्न सके सो क्षेत्र विकसित बन्न सक्छ तर पनि कुनै नेताले त्यस्तो गरेनन् भन्ने स्थानीयवासीको गुनासो रहेको छ । तर साह र यादवलाई भने मतदाताले रुचाएको स्थानीय श्यामसुन्दर राजवंशीले बताउनु भयो । यस क्षेत्रमा विकास र समृद्धिको लहर ल्याउने दुवै उमेदवारले प्रतिवद्धता जनाएका छन् ।