काठमाडौं, १७ कात्तिक । नावालिक बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अहिले काठमाडौं जिल्ला अदालतमा थुनछेकको बहस चलिरहेको छ । किशोरीको पक्षबाट सरकारी वकिललगायतले बहस सकाए पनि सन्दीप प्क्षका कानुन व्यवसायी धेरै भएकाले बिहीबारै निर्णय आउने सम्भावना कम रहेको वताइएको छ ।
किशोरीका पक्षबाट सरकारी वकिलले १२ वर्ष कैद सजायको माग गर्दै किशोरी नावालिक रहेको प्रमाण, रात बसेको होटलको सिसिटिभी फुटेज, क्न्याजाली च्यातिएको डाक्टर रिपोर्टलगायत प्रमाणकारूपमा पेश गर्नुभएको छ । तर सन्दीप पक्षका वकिलले किशोरी नावालिक नरहेको प्रमाण पेश गरेका छन् ।
सन्दीपका कानुन व्यवसायीले बलात्कार नभएको जिििकर गर्दै किशोरीको उमेर १९ वर्ष पुगेको दावी गरेका छन् । यसअघि नागरिकताका आधारमा किशोरीको उमेर १८ वर्ष मात्रै रहेको दाबी गरिएको थियो।
सन्दीप पक्षले किशोरीको उमेर १९ वर्ष रहेको प्रमाणकारूपमा जन्मदर्ता, बसाईसराइको प्रमाण पत्र र सुरुमा विद्यालयमा भर्ना हुँदाको प्रमाण पेश गरेको छ। जसअनुसार किशोरीको उमेर १९ वर्ष पुगेको देखिन्छ। १८ वर्षभन्दा कम उमेर भए सहमतीमै भएको करणीलाई पनि बलात्कार मानिने भएकाले अदालतमा बहस उमेरमा केन्द्रित भएको छ।
सन्दीपलाई पुर्पक्षका लागि जेल पठाउने सम्भवना अधिक रहेको फौजदारी कानुनका जानकारहरू बताउँछन् ।













प्रतिक्रिया दिनुहोस्